stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वास्थ्य सामाग्री लिन चीनको छोङछिङ उड्यो हिमालय एअरलाइन्स्

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार 

काठमाडौँ । चीनका गन्तव्यहरु ग्वान्झाउ र चाङ्शामा विगत दुई हप्ताभित्र चार वटा सफल कार्गो उडान पश्चात हिमालय एअरलाइन्स्ले यस महिना चीनका विभिन्न गन्तव्य शहरहरु केन्द्रित केही थप कार्गो चार्टर संचालन गर्न लागिरहेको छ ।

यस अवधिमा तेस्रो गन्तव्य शहरको रुपमा छोङ्छिङ्मा यस एअरलाइन्स्ले मे ८ र ९ तारिख दुई वटा उडानहरु संचालन गर्दैछ । यी दुवै उडानहरुले कोभिड -१९ रोगको नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु ढुवानी गर्नेछन् । बेइजिङ्गमा नियमित यात्रु उडान संचालन पश्चात यस एअरलाइन्स्ले २३ जनवरी २०२० मा छोङ्छिङ्लाई चीनको पाचौँ गन्तव्य बनाई प्रति हप्ता एक सिधा उडान मार्फत नियमित हवाई सम्पर्क स्थापना गरेको थियो ।

आज साँझ १७ः०१ बजे एअरबस ३२०-२१४, ९एन–एएलडब्लू कार्गाे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट प्रस्थान गरेको र २३ः२५ बजे (स्थानीय समय) छोङ्छिङ् जियाङ्गबे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।  विमान भोलि ०४ः३५ बजे (स्थानीय समय) मा स्वास्थ्य सामाग्रीहरु सहित उड्ने र काठमाडौँमा ०६ः३० बजे आगमन हुने तालिका रहेको छ ।

“मुलुकमा कोभिड -१९ का बिरामीहरु वृद्घि भई अनिवार्य स्वास्थ्य सामाग्रीहरुको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्गो चार्टर उडानहरुको माग वृद्घि भएको र यस महिना चीनका विभिन्न शहरहरुमा थप चार्टर उडानहरुको सम्झौता गर्न सफल भएकोमा हामी खुसी छौ ।

छोङ्छिङ् हाम्रो चीनको प्रमुख गन्तव्यहरुमध्ये एक हो जहाँ हामीले कोभिड ( १९ महामारीको रुपमा फैलिनु अघि उडान शुरुवात गरेका थियौ । हामी यस गन्तव्यमा पुनः जोडिन आतुर छौ यद्यपि हालका लागि कार्गो उडान मार्फत मात्र जोडिदै छौ ।

हिमालय एअरलाइन्स् अत्यावश्यक आपूर्ति प्रणालीलाई कायम राख्ने सिलसिलामा राष्ट्रको बढ्दो आवश्यकताहरुलाई पूरा गर्र्ने कार्य तर्फ सबै सरोकारवालाहरुलाई सहयोग पु¥याउन प्रतिबद्घ छ ।” हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले यस उडानका विषयमा टिप्पणी गर्दै भने ।

उडानमा सरिक चालक दलले नेपाल सरकारको निर्देशन अनुरुप पालना गनुपर्ने आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अबलम्बन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौँबाट प्रस्थान गरेको हो । उक्त कार्गो विमानले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९औषधिजन्य सामाग्री ल्याउनेछ ।

IME Lifesidebar
kumari