नेप्से आइतबार खुले पनि सेयर कारोबार मंगलबारबाट मात्र सुरु हुने

आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार
काठमाडाैं । सेयर कारोबार मंगलबारबाट मात्र खुल्ने भएको छ । यसअघि नेप्सेले आइतबारबाट कारोबार खोल्ने भने पनि केही प्राविधिक पक्ष मिलाउनु परेकाले मंगलबारबाट खोल्न लागिएको बताएको छ ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘नेप्से हामी आइतबारदेखि खोल्छौं । तर यसबीच केही आवश्यक प्रक्रिया पूरा गरी सेयर कारोबार भने मंगलबारबाट खुला हुनेछ ।’
कारोबार अवधि भने दैनिक २ घन्टा मात्र हुनेछ । बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार खुला हुने साउदले बताए । साथै, सर्किट ब्रेकर २% मा लाग्ने छ । यो कारोबार अवधि भरको समय हो । उनले लगानीकर्तालाई सकेसम्म अनलाइनबाट कारोबार गर्न आग्रह गरेका छन् ।