stcnepal long ad
global ime bank long

नेप्से आइतबार खुले पनि सेयर कारोबार मंगलबारबाट मात्र सुरु हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार

काठमाडाैं । सेयर कारोबार मंगलबारबाट मात्र खुल्ने भएको छ । यसअघि नेप्सेले आइतबारबाट कारोबार खोल्ने भने पनि केही प्राविधिक पक्ष मिलाउनु परेकाले मंगलबारबाट खोल्न लागिएको बताएको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘नेप्से हामी आइतबारदेखि खोल्छौं । तर यसबीच केही आवश्यक प्रक्रिया पूरा गरी सेयर कारोबार भने मंगलबारबाट खुला हुनेछ ।’

कारोबार अवधि भने दैनिक २ घन्टा मात्र हुनेछ । बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार खुला हुने साउदले बताए । साथै, सर्किट ब्रेकर २% मा लाग्ने छ । यो कारोबार अवधि भरको समय हो । उनले लगानीकर्तालाई सकेसम्म अनलाइनबाट कारोबार गर्न आग्रह गरेका छन् ।

IME Lifesidebar
kumari