stcnepal long ad
ime life insurance
national life
global ime bank long

७५ लाख पाठ्यपुस्तक छापिए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २७ गते शनिबार 

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ ।

कक्षा १ देखि १० सम्मका यी पुस्तक ढुवानीको व्यवस्था भएमा जेठ १५ भित्रै विद्यार्थीको हातमा पुग्ने बताइएको छ । केन्द्रले बन्दाबन्दीको यस अवधिमा पनि पुस्तक छपाइको काममा निरन्तरता दिएको छ । सुरुमा एक साता छपाइ कार्य बन्द गरिए पनि त्यसपछि सुचारु गरिएको थियो । हाल केन्द्रका दुईवटा छापाखानामा ३० जति कर्मचारी दैनिक परिचालन गरिएको छ । छपाइ भएका पुस्तक वितरणको काम समेत गरिएको जनाइएको छ ।

प्रत्येक वर्ष पाठ्यपुस्तक समयमा विद्यार्थीलाई उपलब्ध नहुँदा उनीहरूको अध्ययनमा समस्या आउनेगरेको छ । यस वर्षका लागि अब २० लाख थान पुस्तक छपाइ गर्ने केन्द्रको योजना छ । अबको तीन सातामा पुस्तक छपाइको सबै कार्य टुङ्गोमा पु¥याउने केन्द्रको योजना छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनको अवधिमा ढुवानीको सुविधा हुनसके आगामी जेठ १५ सम्म सबै विद्यार्थीको हातमा नयाँ पुस्तक पु¥याइने भएको छ ।

बन्दाबन्दीको समयमा औषधि र तरकारी जस्तै पुस्तकमा पनि ढुवानीको सुविधा दिइए जेठ आधाआधीमा सबै विद्यालयमा पुस्तक पु¥याउने योजना जनक शिक्षा सामग्री केन्द्रले बनाएको छ ।

केन्द्रका महाप्रबन्धक महेशप्रसाद तिमिल्सिनाले विद्यालय मार्फत जेठ १५ सम्म विद्यार्थीको हातमा पुस्तक पु¥याउने गरी काम भइरहेको जानकारी दिएका छन् । ढुवानीमा परेको समस्याका बारेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई समेत जानकारी गराइएको छ ।

मन्त्रीले सरकारका तर्फबाट ढुवानी सहज बनाउने आश्वासन दिनुभएको जनाइएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि विद्यालय सञ्चालनमा आएको अवस्थामा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने कुरामा कुनै समस्या नहुने उनको भनाइ छ ।

उपत्यकामा पछि ढुवानी
केन्द्रबाट छपाइ भएका पुस्तक पोखरा, जनकपुर, नारायणगढमा ढुवानीको केही काम भए पनि विराटनगर, नेपालगञ्ज र धनगढीमा भने समस्या भएको महाप्रबन्धकले जानकारी दिएका छन् ।

ढुवानी गरेर क्षेत्रीय कार्यालयमा पु¥याएपछि डिलर मार्फत विद्यालय र विद्यार्थीको हातमा पुग्न केही दिन लाग्ने भएकाले ढुवानीलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । काठमाडौँ आसपासका ठाउँभन्दा बाहिरको स्थानलाई प्राथमिकता दिएर ढुवानी गरिनेछ । पुस्तकको छपाइमा यस पटक कागजको भने समस्या नरहेको केन्द्रले जनाएको छ । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari