stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सन्तनेता भट्टराईको स्मृतिमा आयोजित यज्ञमा प्रधानमन्त्री सहभागी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनु भएको छ ।

सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी हुनु भएको हो ।

त्यस अवसरमा उहाँले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गर्नु भएको थियो भने सन्त नेता भट्टराईको सालिकमा माल्यार्पण समेत गर्नु भएको थियो ।

महायज्ञमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्री शरदसिंह भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कांग्रेसका संस्थापक नेता, पूर्वप्रधानमन्त्री एवम् नेपालको पहिलो सभामुख भट्टराईलाई नेपाली राजनीतिका सादा जीवन र उच्च विचारको नेताको रूपमा लिइन्छ । उहाँको राजनीतिसँगै आध्यात्मिक क्षेत्रमा पनि विशेष रुचि रहेको थियो ।

prabhu mahalaxmi
kumari