stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेडिकल काउन्सिलको सदस्यबाट डा. तोसिमा कार्कीले राजीनामा दिइन्

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनु भएको छ ।प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा। कार्कीले आइतबार काउन्सिलको सदस्य पदबाट राजीनामा दिनुभएको हो । उहाँले काउन्सिलमा गएर राजिनामा दिनु भएको हो ।

डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजीनामा बुझाएको काउन्सिलका रजिष्ट्रार डा।कृष्णप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार उक्त राजीनामा पत्र स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरिएको छ।

काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुनुभएको हो ।

prabhu mahalaxmi
kumari