stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

२५६४ औं बुध्द जयन्ति र बुद्ध पूर्णिमाको महत्व

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार

काठमाडौं ।  ‘सत्कर्मबाट बिचलित भएर दुष्कर्मले प्रेरित भएपछि अनि नैतिकता र धर्मलाई बन्धकी राखेर आर्थिक सम्पन्नताको पछि दौडेको मानिस कहिल्यै सन्तुष्ट हुन सक्दैन ।’ पूर्णरुपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध ।

हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बिजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५६३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरु भएको वगैँचाको विचमा भएको थियो । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो ।

उभौली पर्व किराँत समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबैजनाको सुस्वास्थ्य, दिर्घायु र समृद्धीको कामना गर्दै नाचिन्छ । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ, चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो ।

त्यहि भएर उभौलीका अवसरमा साँस्कृतिक महोत्सवका रुपमा यो पर्व मनाउने गरिन्छ । चण्डेश्वरी जात्रा काभ्रेपलाञ्चोकको पाँचखालमा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपामा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा बैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाइने गरिन्छ ।

यस जात्रामा बाजागाजा सहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलीपल्ट देवीको मुर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ । यस जात्राको अर्को रौनक भनेको कलनदान हो, जात्रामा भक्तजनको भीडमा प्रसादका रुपमा मासु फाल्ने चलन छ र यसरी मासुरुपी प्रसाद फालिनुलाई नै कलनदान मानिन्छ ।

भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिन्छ । कुर्म जयन्ती विष्णुको कछुवा स्वरुपलाई कुर्म भनिन्छ । कुर्म जयन्ती बैशाख शुक्ल पूर्णिमामा पर्दछ । क्षीर सागर मन्थनका दौरान यसै कुर्म अवतारले मद्रान्चल पर्वतलाई आफ्नो ढाडमा उठाएर हिँडेको कथन छ । विष्णुको प्रथम अवतार मत्स्य अवतार हो भनें दोश्रो अवतार चाँही कुर्म अवतार हो, माछाबाट क्रमश जल अनि थल दुबैमा यथोचित रहन सक्ने कुर्म अवतारमा विष्णुको पर्दापण भएको मानिन्छ ।

गोरखनाथ जयन्ती बैशाख शुक्ल पूर्णिमाको दिन महान पुरुष र सिद्धयोगीहरुमा गुरु गोरखनाथको पनि नाम आँउदछ । नाथ सम्प्रदायका शुरुवात गर्ने यि महान सिद्धयोगीको जन्म भएको यस पावन दिनका धेरै महत्वपूर्ण आयामहरु छन् ।

गुरु मत्स्येन्द्रनाथ नेपालको बुगंमतीमा जन्म भएका काठमाण्डौ वासीका इष्ट गुरु, सहकालका देवता अनि सिद्ध गुरु हुन्, यिनै सिद्ध गुरुका पुत्र अनि शिष्यका रुपमा गुरु गोरखनाथको धर्तिमा आगमन भएको हो ।

 

prabhu mahalaxmi
kumari bank
kumari