मंसीर २१ गतेदेखि १९ औँ हस्तकला व्यापार मेला हुने
काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासंघले एक पत्रकार सम्मेलन गरी महासंघको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्वधन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न संघ, संस्थाको सहयोगमा आगामी यही मसिर २३ देखि २७ गतेसम्म मेला आयोजना हुन लागेको जानकारी दिएको छ । नेपाल हस्तकला महासंघले हरेक वर्ष गर्दै आएको हस्तकला व्यापार मेलाको १९ औँ संस्करण यहि मंसिर २३ गतेदेखि २७ गतेसम्म हुने भएको हो ।
उक्त मेला काठमाडौंको बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने भएको छ । महासंघको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न संघ, संगठनहरुको सहयोगमा हुन लागेको मेलामा हस्तकलाका वस्तुहरुको करिब १ सय ५० वटा स्टल रहने बताइएको हो ।
मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थांका गरी ३ वटा विधाका कला प्रदर्शनी हुने जनाइएको छ ।
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपाली हस्तकलाको प्रवर्धन गर्दै विदेशसम्म पहिचान गराउनका लागि मेलाको आयोजना गरिएको बताउनुभयो । अध्यक्ष शाक्यले हयात रिजेन्सी होटलमा पाँच दिनसम्म हुने मेलामा हस्तकलाका एक सय ५० कक्ष रहने जानकारी दिएका छन ।
मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ । नेपाली हस्तकलाको प्रवद्वधन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गर्न लागिएको हो ।
१९ औँ हस्तकला व्यापार मेलाका संयोजक एवं नेपाल हस्तकला महासंघका उपाध्यक्ष डिल्लीरत्न तुलाधरले मेलामा उत्कृष्ट स्टल प्रतियोगिता, मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन र परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी गरिने र मेलाका बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यस्तै अमूर्त सांस्कृतिक सम्पदाको उजागर, जेष्ठ वरिष्ठ कलाकारहरुलाई सम्मान, अग्रणी निर्यातकर्ताहरुलाई सम्मान कला प्रदशर्नी र २०२३–२४ को ट्रेन्ड डिस्प्ले देखाइने उहाँले उल्लेख गर्नुभयो ।
उक्त मेलासँगै १७ औँ हस्तकला प्रतियोगिता समेत हुने भएको छ । काष्ठकला, प्रस्तरकला, मैनकला, मुर्तिकलामा मुखाकृति भएको गरुड अर्थात् बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुसम्बन्धी प्रतियोगितासमेत गरिने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ तोकिएको छ ।






















