sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारी गुल्मी क्षेत्र नं १ बाट निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

गुल्मी ।  गुल्मी क्षेत्र  नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

शुक्रबार दिउँसो आएको अन्तिम परिणाम अनुसार भण्डारीले उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् ।

भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका छन् ।

२०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनबाट सो क्षेत्रमा भण्डारी र ज्ञवालीको प्रतिष्पर्धा हुँदै आएको छ । ०६४ को निर्वाचनमा सो क्षेत्रमा भण्डारीसँगको प्रतिष्पर्धामा ज्ञवाली निर्वाचित भएका थिए ।

त्यसैगरी ०७० को निर्वाचनमा भण्डारी ज्ञवालीबीचको प्रतिष्पर्धामा भण्डारीले जित हासिल गरेका थिए । पुनः २०७४ को निर्वाचनमा ज्ञवाली निर्वाचत भएका हुन् । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भण्डारी निर्वाचित भएका छन् ।

prabhu bank
nawakantipur long