stcnepal long ad
himalayan life insurance long ad

सृजना बालगृह १६ औँ वर्षमा प्रवेश

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । सृजना विकास केन्द्रद्धारा स्थापित एंव सञ्चालित सृजना बालगृह १६ औँ वर्षमा प्रवेश गरेको छ । जनयुद्धको मारमा राज्य पक्ष तथा माओबादी पक्षबाट परिवार गुमाएका द्धोन्द पिडित बालबालिकाहरुका २०६३ मा सुरु गरीएको बालगृहमा हाल सम्म ४० बालबालिका हरु उच्च शिक्षा सहित ब्यवस्थापन गरीएको केन्द्रका अध्यक्ष कृष्ण बहादु्र थापाले बताए ।

पोखरा १७ महतगौडा सम्पूर्ण सुबिधा सम्पन्न बालगृहमा बालबालिकाहरुको सुरुको १० बर्ष सहयोगि संस्था मार्फत ब्यवस्थापन गरीएकोमा हाल केन्द्र बाट पुर्ण रुपमा सञ्चालन गरीदै आएको पुर्व अध्यक्ष इन्द्र पौडेलले बताए ।

बालगृह संगै स्थानिय का लागि सृजना खानेपानी परियोजना पनि सोही क्षेत्रमा संचालनमा रहेको छ । स्थापना दिवस तथा बालगृहमा व्यवथापन समितिको स्वागत विदाई कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष। राधिका शाहीले बालगृहलाई पुर्ण रुपमा संचालनका वार्डले सहकार्य गर्र्ने बताइन ।

केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा सल्लाहाकार सभापति गणेश बहादुर अधिकारी वडा सदस्य मनराम भण्डारी बालगृह व्यवस्थापन समितिका संयोजक सोमनाथ बराल, बालगृहका पूर्व संयोजक विश्व कुमार विजुक्छे, प्रथम उपाध्यक्ष कृष्ण मान ठुसाजु, सदस्य दान बहादुरले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा बालबालिकाहरु विविध प्रस्तुती सहित पोखरा ८ निवासी रामचन्द्र पौडेलले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका थिए ।

केन्द्रको निर्णय अनुसार पुर्व अध्यक्ष सोमनाथ बरालको संयोजकत्वमा इन्द्र पौडेल, रमेश बराल, बालकृष्ण बराल, दान बहादुर गुरुगं, राजकुमार ठुसाजु, सल्लाहाकारमा विरेन्द्र नारायण विजुक्छे,परशुराम बराल, विश्वकुमार विजुक्छे रहेका छन् ।