नयाँ पुस्ताको फोर्ड रेन्जर ¥यापटर नेपाल भित्रियो

काठमाडौँ । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर ¥यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर ¥यापटर नेपाली बजारमा आएको छ ।
फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर ¥यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन् ।
जसले अफ–रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको छ र विश्वभरका अफ–रोड प्रेमीहरु यस संस्करण प्रति निकै उत्साहित रहेका छन् ।
अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर ¥यापटरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट V6 पेट्रोल ईन्जिन जडान रहने छ ।
यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ र ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्दछ । फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको, १०–स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर ¥यापटरको नयाँ ईन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ ।
नेक्स्ट–जेन रेन्जर ¥यापटरमा चालकले ईलेक्ट्रोनिक रुपमा नियन्त्रित सक्रिय एक्जस्ट सिस्टमद्वारा आफ्नो ¥यापटरको आवाज चार एक्जस्ट मोडमध्ये चयन गर्न सक्छ– क्वाईट, नर्मल, स्पोर्ट र बाजा ।
वालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ्ग पावर दिनको लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर ¥यापटरको एन्टी–ल्याग प्रणालीले तपाई थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेण्डसम्म टर्वो स्पिनिङ कायम रहन्छ जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरु बीच पनि पावर प्रदान गर्दछ ।
यस गाडीको लागि फोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड ईन्जिनियरिङ्ग र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक् ट्युन गर्ने, भल्भहरु ट्युन गर्ने जस्ता क्रियाकलापहरुद्वारा रेन्जर–¥यापटरको ड्राईभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गरेको छ ।
नेक्स्ट जेन रेन्जर ¥यापटरमा Fox 2.5 inch Live Valve Internal By pass shock absorber रहेको छ जुन रेन्जर ¥यापटरमा अहिलेसम्मकै सबैभन्दा नयाँ र परिष्कृत प्रविधि हो र जसले वास्तविक अफ–रोड ड्राईभमा सेन्सरहरुको सहयोगले प्रति सेकेण्ड ५०० पटकसम्म ड्याम्पिङ्ग एड्जस्ट गरी ड्राईभ सजिलो र आरामदायी बनाउँछ ।
नयाँ नेक्स्ट–जेन रेन्जर ¥यापटरमा सात ड्राईभ मोडहरु छन् अन–रोडको लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा ।
नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरुको लागि ध्यानमा राखी डिजाईन गरिएको छ । इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सीटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई ¥यापटरको एम्बियन्ट लाईटिङले बृद्वि गरिएको छ ।
F-22 ¥यापटर जेट फाइटरका सीटहरुबाट प्रेरित भएर अगाडी र पछाडीका सीटहरुले यात्रुहरुलाई सडकमा वा अफ–रोडमा आरामदायी सवारीको अनुभुति दिन्छन् ।
नेक्स्ट–जेन रेन्जर ¥यापटर पूर्ण रूपमा डिजिटल क्याबिनको साथ उपलब्ध छ, उच्च रिजोल्युसन १२.४ ईन्च डिजिटल क्लस्टर र १२ ईन्चको टचस्क्रिन फोर्डको नयाँ पुस्ताको SYNC 4A® का साथ जडान गरिएको छ ।
अन्य सुविधाहरूमा अपफिटर स्वीचहरू र अफ–रोड स्क्रिन समावेश छन् ।
फोर्ड रेन्जर ¥यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध छ ।
नेपाली बजारमा ३.० लि.V6 पेट्रोल र १०–स्पीड अटोमेटिक नेक्स्ट–जेन रेन्जर ¥यापटरको मूल्य रु.२.१५ करोड तोकिएको छ ।