stcnepal long ad
global ime bank long

हिम पहिरोमा परि वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २० गते शनिबार

काठमाडौं । २०७६ माघ ३ गते कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं.११ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परि बेपत्ता भएका ३ (तीन) जना नेपाली गाईड तथा ४ (चार) जना कोरियन पर्यटकहरु मध्ये २ (दुई) जना नेपाली गाईड र ३ (तीन) जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेको र फेला पर्न बाँकि १/१ (एक/एक) जना नेपाली र कोरियन नागरिकको शव श्री पश्चिम पृतना हे.क्वा.को समन्वयमा श्री विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले २०७७  वैशाख १९ गते फेला पारि आज २०७७ वैशाख २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पुर्‍याएको छ ।  यससँगै उक्त हिमपहिरोमा परी हालसम्म बेपत्ता भएका सबैको शव फेला परेको छ ।

IME Lifesidebar
kumari