stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पार्टी एकवद्ध हुने, स्थायी समिति बैठक वैशाख २५ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २१ गते आइतबार

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएकाे छ ।  बैठकले पार्टी एकवद्ध भएर जाने तथा स्थायी समितिको बैठक वैशाख २५ गते  ११  बजे काठमाडाैंमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैशाख २४ गते ३ बजे बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठकका एजेन्डा तय गर्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जनाकरी दिनुभयो । साथै बैठकले नेता बामदेव गाैतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेकाे प्रवक्ता श्रेष्ठले बताउनुभयाे ।

उहाँलेअब पार्टी एकतावध्द भएर काेराेना विरूध्द जुध्न अघि बढ्ने बताउनुभयाे । उहाँले सरकारका तर्फबाट र पार्टीका तर्फबाट विगतमा भएका कमी कमजाेरी प्रति आत्माआलोचना गर्दै अघि बढ्ने निर्णय पनि गरेकाे बताइएकाे छ । यसैबीच राससका अनुसार नेकपालाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यता अनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताका पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पार्टी र सरकारबाट भएका कमीकमजोरीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहित अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले आत्मालोचना गर्नुभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले पार्टीलाई फुटउन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलापमा कोही पनि सहभागी नहुने प्रण गर्दै अन्य नेता कार्यकर्तालाई पनि त्यसैअनुरुप निर्देशन समेत दिएको बताउनुभयो ।
पार्टी र सरकारसँग जोडिएर उठेका समग्र विषय वस्तुको समीक्षा गरी पार्टीलाई सुदृढ र मजबुद तुल्याउने तथा सरकारलाई थप प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी कोरोना महामारीबाट जोगिन सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न पार्टी एकताबद्ध भएर परिचालन हुनेछ ।
बैठकमा प्रधानमन्त्री ओलीले चाँडै नै संसद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रमलाई अघि बढाइने बताउनुभयो । उहाँले कोरोनाका कारण उत्पन्न आर्थिक सङ्कटलाई समेत सम्बोधन गर्ने गरी जनमुखी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

prabhu mahalaxmi
kumari