stcnepal long ad
global ime bank long

नेपाल–चीन उद्योग वाणिज्य सङ्घको २३औँ वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले तयारी वस्तु निकासी गर्नुपर्नेमा जोड दिनुभएको छ।नेपाल–चीन उद्योग वाणिज्य सङ्घको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारण सभाका अवसरमा उहाँले तयारी वस्तुको निकासीबाट मात्रै देशभित्र रोजगारीका धेरै अवसर सिर्जना हुन सक्ने बताउनुभयो।

“कच्चा पदार्थभन्दा तयारी वस्तुको निकासीबाट रोजगारीसहित बढी परिमाणमा विदेशी मुद्रा भिœयाउन सकिन्छ,” राष्ट्रपतिको कार्यभार समेत सम्हालिर हनुभएका उपराष्ट्रपति पुनले भन्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी हाल आइसल्यान्डको भ्रमणमा हुनुहुन्छ।

नेपालले खासगरी कृषिजन्य उत्पादन, जडीबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सक्ने उपराष्ट्रपति पुनको भनाइ छ। “हामीले चिनियाँ बजारको अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचिलाई ध्यानमा राख्दै नेपाली वस्तु निकासी गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो।

निकट भविष्यमै आर्थिक महाशक्तिको नेतृत्व गर्ने अवस्थामा पुगिसकेको चीनसँगको व्यावसायिक सम्बन्ध विकास नेपालका लागि ठूलो अवसर हुने उहाँले बताउनुभयो।

चीनको ठूलो बजारमा नेपालले आफ्ना मौलिक उत्पादन निर्यात गर्न सके देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने उहाँको भनाइ थियो। कार्यक्रममा उपराष्ट्रपति पुनले चीनसँग नेपालको राजनीतिक सम्बन्ध सुमधुर भए पनि व्यापारिक सम्बन्ध भने अपेक्षित रूपमा विस्तार हुन नसकेको बताउनुभयो।

अहिले चीनबाट एक सय रुपियाँको वस्तु आयात गर्दा नेपालबाट जम्मा ३३ पैसाको मात्र निर्यात भएकाले यसलाई विस्तार गर्नुपर्नेमा उहाँको जोड थियो।

चीनबाट नेपालमा सामान आयात गर्नुपर्दा कोलकातासम्म पु(याएर घुमाउरो बाटो हुँदै ल्याउनुपर्दा लागत र समय दुवै बढी परेको उहाँको भनाइ थियो।

यस्तो समस्या समाधान गर्न चीन जोड्ने नाकासम्म पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।

खासगरी सडक पूर्वाधारसहित छिटोछरितो भन्सार प्रशासन एवं बन्दरगाहजस्ता पूर्वाधार आवश्यक रहेकामा उहाँको जोड थियो। चीनका विभिन्न सहरमा सिधा उडान सुरु गर्न नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले नेपाल र चीनबीच पुरानो सम्बन्ध भएकाले अब व्यापार व्यवसायमार्फत थप बलियो बनाउनुपर्ने धारणा राख्नुभयो। चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (९सीसीपीआईटी) का अध्यक्ष रेन होनविङले शुभकामना सन्देश पठाउँदै कोरोना महामारीपछि द्विपक्षीय व्यापारमा कमी आए पनि आगामी दिनमा पुरानै अवस्थामा फर्कने विश्वास व्यक्त गर्नुभयो।

नेपाल–चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष त्रिरत्न तुलाधरले पछिल्लो समय नेपाल चीनबीचको व्यापारमा घाटा फराकिलो बन्दै गएको र व्यापार पनि बढ्न नसकेको बताउनुभयो। गत आर्थिक वर्षमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड रुपियाँको वस्तु आयात भएकामा नेपालबाट ८० करोड ८७ लाख रुपियाँको निकासी भएको उहाँले जानकारी दिनुभयो।

चीनसँग व्यापार घाटा फराकिलो हुनुमा कोभिड महामारी र उत्तरी नाकाको कमजोर पूर्वाधार प्रमुख कारण रहेको उहाँको भनाइ थियो।

कोभिड महामारीपछि चीनमा ठूला व्यापारिक मेला हुन नसकेको र नेपाली व्यवसायीले पहिले जसरी खुला रूपमा भ्रमण गर्न नसक्दा निकासी व्यापार प्रभावित भएको अध्यक्ष तुलाधरले बताउनुभयो।

चीनसँगको आर्थिक सम्बन्ध पुरानै लयमा फर्काउन आर्थिक कूटनीति आवश्यक रहेकाले सरकारले यसमा पहल लिनुपर्ने उहाँको भनाइ थियो।

चीनको महत्वाकाङ्क्षी परियोजना बीआरआई कार्यान्वयनका लागि नेपाल र चीनबीच सम्झौतामा हस्ताक्षर भए पनि यसबाट हालसम्म ठोस उपलब्धि हुन नसकेको उहाँले बताउनुभयो।

नेपाल र चीनसँगको व्यापार सहजीकरणमा काम गरिरहेको सङ्घले हालसम्म चीनका विभिन्न ३३ वटा व्यावसायिक संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ।

IME Lifesidebar
kumari