stcnepal long ad
global ime bank long

सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना सुरु गर्न सुझाव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षा सम्बन्धी सुझाव समितिका संयोजक डा. चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना सुरु गर्न सुझाव प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १ देखि ९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भीडभाड नहुने गरी भर्ना प्रकिया अगाडि बढाउन भनिएको छ ।
यसैगरी, विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र निर्धारण गर्न सुझाव दिइएको छ । उक्त सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन् ।  रासस
IME Lifesidebar
kumari