सिटिजन्स म्युचुअल फन्ड–१ को न्याभ कति ?

आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार
काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड–१ को चैतमा प्रतिइकाई मूल्य (न्याभ) ११ रुपैयाँ ११ पैसा कायम भएको छ । यो अघिल्लो महिनाको भन्दा ३१ पैसाले थोरै हो । फागुनमा फन्डको न्याभ ११ रुपैयाँ ४२ पैसा थियो ।
चैतसम्म यस फन्डको सूचीकृत सेयरमा लगानी ४७ करोड ७३ लाख २२ हजार ५२१ रुपैयाँ रहेको छ । यो अघिल्लो महिनाको भन्दा ४.३७% ले थोरै हो ।
अघिल्लो महिना फन्डको सूचीकृत सेयरमा लगानी ५० करोड १० लाख ४२ हजार ३५९ रुपैयाँ थियो । चैतसम्म यस फन्डले ८२ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । जसमध्ये धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । नबिलको ६१ हजार ५१० कित्ता सेयरमा ४ करोड ३१ लाख १८ हजार ५१० रुपैयाँ लगानी छ ।
यता, बैंक मौज्दात पनि ६३ करोड १३ लाख ४१ हजार ३०८ रुपैयाँबाट ६.६४% ले घटेर ३४ करोड ९ लाख ४५ हजार ४५६ रुपैयाँमा झरेको छ ।