citizens life insurance long ad
stcnepal long ad

सन्दीपका तीन वकिलले आज पनि बहस गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट कानुन व्यवसायीहरूले  आज पनि बहस गर्दै छन् ।  बुधबार हेर्दाहेर्दैमा रहेको मुद्दामा आज पुनः बहस हुनेछ ।

बुधबार सन्दीपका तर्फबाट दुई कानुन व्यवसायीहरूले बहस गरेका थिए । सन्दीपका पक्षबाट आज तीन जना कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

बुधबार जिल्ला अदालत काठमाडौँमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए ।

सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर गरेका छन् । अधिवक्ता सापकोटाको अनुसार जाहेर वालिको जन्म दर्ता अनुसारको जन्म मिति कायम भएमा उनको उमेर १९ वर्ष हुन्छ ।

IME Life
kumari