citizens life insurance long ad
stcnepal long ad

फर्स्ट माइक्रोफाइनान्सको नाफा ६१.७९% ले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६१.७९ प्रतिशतले बढेर ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ९४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ९८.१० प्रतिशतले बढेर १२ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

यता, सञ्चालन नाफा पनि ६१.८० प्रतिशतले बढेर ९ करोड ११ लाख २ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १५ पैसाले बढेर २६ रुपैयाँ ४५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा छ ।

IME Life
kumari