नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सको १५.७८ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन हो ।
इन्स्योरेन्सले लाभांश प्रस्ताव सहित मंसिर ८ गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि शुक्रबार कात्तिक १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सभामा कम्पनीले सेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा होटल भिष्वा, बीरगंज, पर्सामा बिहान ९ बजे सुरु हुनेछ ।























