stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

लकडाउन उल्लघंन गर्ने १८८९ जना नियन्त्रणमा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ७९ महिला सहित  १८ सय ८९  जनालाई नियन्त्रणमा लिएको छ ।   आज विहान ६ बजे देखि दिउसो ०४:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ६ सय ५९ वटा दुई पाङ्ग्रे र ५५ वटा चारपाङग्रे गरी ७ सय १४ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंमा सबै भन्दा बढी १४ सय ९०, ललितपुरमा ३ सय ५३ र भक्तपुरमा ४६ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गर्नु भयो ।

साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १४५ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

 

prabhu mahalaxmi
kumari