stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

अर्थतन्त्र उकास्न चेम्बर अफ कमर्सको यस्ता छन् सुझाव

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) बाट विश्व पर्यटन गम्भीर रुपले प्रभाबित भएको जनाएको छ । बिदेशी मुद्राको प्रमूख श्रोत रहेको नेपाल जस्तो अतिकम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसबाट उत्पन्न चुनौतीसँग जुध्न झनै कठिन रहेको अवस्था रहेको औंल्याएको छ ।

एक महिना बढी समयदेखि लकडा खेपिरहेका नेपाली उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा अत्यन्तै प्रतिकुल प्रभाव पारेको छ साथै आमजनसमुदाय मनोवैज्ञानिक त्रासबाट गुज्रीरहनु परेको अवस्था रहेको भन्दै नेपाल चेम्बर अफ कमर्सले सरकारलाई सुझव पेश गरेको छ ।

कोभिड १९ को प्रकोपका कारण सवभन्दा वढी प्रभाबित क्षेत्र पर्यटन,सेवा व्यवसाय,नागरिक उड्डयनआदि प्रमूख हुन । यस पृष्ठभूमिमा पर्यटन संग आवद्ध क्षेत्रको पुनरुत्थानको निम्ति सोमबार निम्न सुझाव पेश गरेका छन् ।

पर्यटन प्रवद्र्धन तर्फः
१.आन्तरिक पर्यटन तर्फ कोरोनाको प्रभावकम हुने वित्तिकै अघि बढाउनु आवश्यक छ र यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामति तथा संगठित संस्थाका कर्मचारीहरु र आमनागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्न र निजी क्षेत्रलाई पनि प्याकेजहरु मार्फत केही छुट दिएर  आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेे वातावरण बनाउनु पर्छ ।

२. हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुंदै गएको सन्दर्भमाआउँदो सेप्टेम्बर–अक्टोबर महिनामा सुरु हुने पर्यटकीय सिजनमा चीनका बिभिन्न शहरबाट पर्यटक भित्राउने तर्फ सरकारी स्तरमै पहल गरिनु पर्ने ।

३. नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सहरुले चीनको बिभिन्न शहरबाट प्रतिस्पद्र्धी प्याकेजमा पर्यटकहरु भित्राउने तर्फ पहल गरिनु पर्ने ।

४. पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले पनि Cpst to Cost basis मा होटल लगायत अन्य पर्यटकीय सुबिधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्ने गरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गरिनु पर्छ ।

५. पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखि अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमन समेत गर्ने । हवाईजहाज, बस, कार सहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, ¥याफ्टिङ– बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ–बोटिङ–हात्तीसफारी लगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमित रुपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महशुस गराउन सकिने ।

६. सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेज मार्फत उद्धार गरिनु पर्ने । ऋण, ऋणको ग्यारेण्टी, Corporateboond मा सरकार वा राष्ट्र वैंकबाट टेवादिनु पर्ने । कर छुट तथा एयरपोर्ट चार्ज लगायतमा सुविधा सहित वित्तीय सहयोग प्रदान गर्नु पर्ने ।

७. भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने । यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालय अन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्यमुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने र छिटो भन्दा छिटो पर्यटन पुनरुत्थानगर्नका लागि सक्रिय भूमिका खेल्ने ।

८. कोरोनाभाइरसको प्रकोपको कारण पूर्वीय संस्कृतिवारे खास गरेर योग लगायतका सम्वन्धमा पश्चिमी मुलुकमा धेरैनै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएको हुंदायसको प्रवद्र्धन गर्न सकिएमा पश्चिमी पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहलग रिनु पर्ने ।

९. मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजम लगायत विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रमल्याउने ।

हवाइ सेवातर्फः
१. क्ष्ऋब्इ तथा अन्यमुलुककाहवाइ सेवाप्रदायकसंग सम्पर्क गरी वायुसेवा उडान कहिले देखि सुरक्षित रुपमा संचालन गर्न सकिने सो वारेमा छलफल गरी नेपाल वायुसेवा निगमलाइ समेत संचालन गर्न पाइला चाल्नु पर्ने ।

२. पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तिव्रता दिइनु पर्छ । राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तिव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौंदर्यीकरण, अन्यविमानस्थलको स्तरोन्नति, पदमार्गहरुको मर्मत सम्भार लगायतका काम यही बेला गर्न सके आन्तरिक रोजगारी सिर्जना हुने तथा भविष्यका लागि पनि राम्रो तयारी गर्न सकिन्छ । निजी क्षेत्रबाट पूर्वाधार निर्माणका लागि राज्यले प्रोत्साहन मूलक प्याकेज ल्याउन सकिने ।

३. हवाइ उड्डयनतर्फ ऋण दिन बित्तिय संस्था हिच्किचाउने हुंदा ऋण, ऋणको ग्यारेण्टी, Corporatboond मा सरकार वा राष्ट्र वैंकबाट टेवा दिनु पर्ने । Tax छुट  छुट लगायत बित्तिय सहयोग प्रदान गर्नु पर्ने । साथसाथै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाइ भाडा दर पनि घटाइनु पर्ने ।

४. अहिलेको बिषम परिस्थितिमा हवाइ यात्रुहरुको डिपार्चर अगाडी अनिवार्य रुपमा कोरोना परिक्षण गरिएको हुनु पर्ने ।

५.हाल सिमित पार्टपूर्जामा मात्र दिईंदै आईएको मू.अ.क. छुट वायूयानका सम्पूर्ण पार्टपूर्जाहरुमा उपलब्ध हुनुपर्ने ।

६. देशमा पुनर्विमाको सुविधा नगन्य मात्र उपलब्ध भएकोले हवाई विमामा लगाउँदै आईएको मू.अ.क. र अग्रिम कर छुट हुनुपर्ने । साथै हालको परिस्थितिमाकम्तिमा न्चयगलमभम जहाजको विमाको संपूर्ण व्यवस्था नेपाल पुनर्विमा कम्पनीबाट सहुलियत दरमा हुनुपर्ने ।

७. नेपालआयल निगमले हाल माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीको व्यवस्था गरी हाल लिएको नगद धरौटी फिर्ता गर्ने व्यवस्था हुनुपर्ने ।

८. नेपाल नागरिक उड्डयन प्राधिकरणले लिन ीबलमष्लन, एबचपष्लन, ल्बखष्नबतष्यल, ऋयगलतभच च्भलतलगायतविभिदच्भलभधब िशुल्क न्चयगलमभमजहाजको न्चयगलमभमअवधिभर शुन्य र अन्यको आन्तरीक हवाई सेवा स्थगित रहेको अवधिभरलाई मिनाहागर्नुपर्ने ।

बिबिधः
१. राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थलको विशेष संरक्षण गर्नुपर्ने ।
अन्तमा नेपालमा प्राकृतिक रुपमा प्रदत्त पर्यटकीय गन्तव्य स्थलहरु प्रसस्त भएकाले अहिलेको परिस्थितिमा चुनौति भएता पनि दीर्घकालीन दृष्टिकोणले निराशाजनक छैन । तर हामीले उपयुक्त कार्यक्रमहरु  उद्धेश्य मूलक ढंगले निष्पक्षता र दीर्घकालीन सोच सहित प्रतिवद्ध भएमा यस बिषम परिस्थितिबाट पर्यटन व्यवसायलाइअवश्यै राहत मिल्ने छ ।

राजेशकाजीश्रेष्ठ
अध्यक्ष

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long