stcnepal long ad
ime life insurance
national life
global ime bank long

बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १६ गते मंगलबार

काठमाडौं ।  देशकै ठुलो सुपर मार्केट भाटभटेनीलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । लकडाउनका बेला एमआरपीभन्दा बढी मूल्य लिएको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित सुपर मार्केटलाई सो जरिवाना गरेको हो ।

लाखामरी खरीद मूल्य(एमआरपी) भन्दा बढी मूल्य लिएको सुपर मार्केटलाई तीन लाख जरिवाना गरिएको हो । खरीद मूल्य प्रतिगोटा १२० रहेकामा भाटभटेनीले २२० लिएको पाएपछि कारवाही गरिएको हो ।

आफ्नै मूल्य टाँसेर अत्यधिक पैसा असुल्दै आएको चौतर्फी गुनासोपछि अनुगमनमा खटिएको विभागको टोलीले बढी मूल्य लिएको भेटाएको थियो ।

सङ्कटकालीन अवस्थामा मौकाको फाइदा उठाउनेमा स-साना मात्रै होइन, ठुलै उद्योगी, व्यापारीसमेत रहेका छन् । यसैको पछिल्लो उदाहरण हो भाटभटेनी सुपर मार्केट ।

विश्वव्यापी महामारीमा चौतर्फी सहायता र सहयोगी भावनाले काम गर्न सरकारले आग्रह गरिरहँदा भाटभटेनीको यो कुकृत्यको जति निन्दा गरे पनि कमै हुन्छ ।

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनी लगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।

IME Lifesidebar
kumari