stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौँबाट आएकालाई २१ दिन क्वारेन्टिनमा राखिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १६ गते मंगलबार 

डोटी । काठमाडौँबाट सोमबार गृह जिल्ला आएका डोटीका ७३ जनालाई २१ दिन क्वारेन्टिनमा राखिने भएको छ । बन्दाबन्दी (लकडाउन) का कारण काठमाडौँमै अलपत्र परेकाहरूलाई स्थानीय तहहरूले पहल गरी घर फर्काएका हुन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सवारी पास लिएर आइतबार प्रस्थान गरेका बा ५ ख २८६१ र बा ५ख २८७३ नम्बरका दुई बसबाट उनीहरू सोमबार डोटी पुगेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

सम्बन्धित स्थानीय तहहरूले नै व्यवस्थापन गर्ने गरी उनीहरूलाई क्वारेन्टिनमा राखिने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय डोटीलाई कुनै जानकारी नदिई ती व्यक्तिहरू एक्कासि डोटीको बुडर पुगेपछि आफूलाई खबर आएको प्रजिअ पौडेलले बताए ।

डोटी भित्रिएकाहरूमा पूर्वी चौकी गाउँपालिकाका ३४, बोगटान फुड्सिल गाउँपालिकाका १९, केआईसिंह गाउँपालिकाका ९, आदर्श गाउँपालिकाका ७ तथा शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका २र२ जना रहेको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला काठमाडौँबाट डोटी ल्याइएकोमा स्थानीयहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।स्थानीय तहहरूले राम्रो काम गरेको कतिपयको बुझाइ रहेको छ ।

कतिपयले यसरी बाहिरबाट मान्छेहरू ओसार्दा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भन्दै यसो नगर्नसमेत आग्रह गर्छन् ।

IME Lifesidebar
kumari