stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सनराइज बैंकको घरबाटै मुद्दती निक्षेप खाता खोल्ने सुविधा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १६ गते मंगलबार

काठमाडौं । संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको छ । यसैबीच सनराइज बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिंङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता ग्राहकहरुले आफ्ना बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए सन्राइज बैंकको SUNRISE SMART बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । उत्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकंले जनाएको छ । अनलाइन मुद्दती निक्षेपका विशेषताहरु
सर्वाधिक उच्च ब्याज ८.२५५ ब्याजमा ०.५०५ प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको
मुद्दतीको न्यूनतम अवधि ३ महिना
सनराइज बैंकको SUNRISE SMART प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने
कुनैपनि अतिरिक्त शुल्क नलाग्ने ।
बैंकका अनुसार ग्राहक महानुभावहरुले घरबाटै सनराइज को मोबाइल बैकिङ्ग SUNRISE SMART प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । SUNRISE SMART बैकिङ्ग Playstore/App Store बाट सजिलै download गरी आफै रजिस्टर गर्न सकिने छ ।
ग्राहकहरुले सनराइजको मोबाइल बैकिङ्ग (SUNRISE SMART) प्रयोग गरी बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू घर बसि बसि निःशुल्क गर्न सकिने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari