stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

नारायणी नदीले देवघाटमा सतर्कता पार गर्‍यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

चितवन । नारायणी नदीले देवघाटमा सतर्कता पार गरेको छ । जलसतह थप बढ्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले आज साँझ सम्म तटीय क्षेत्रमा उच्च  सतर्कता अपनाउन अनुरोध गरेको छ । यसैगरी दाङ भएर बग्ने पश्चिम राप्ती नदिमा जलसतहले खतराको तह पार गरेको छ ।

दाङको बगासोति जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो । अहिले राप्ती नदिमा जलसतह ६।४ मिटर पुगेको छ । सतर्कता तह ५.५ मिटर हो भने ६.२ मिटर जलसतह पुग्यो भने खतराको तह पार गरेको मानिन्छ ।

दुई दिन देखि लगातार पानी पर्दा डुबान र कटानको जोखिम बढेको छ । पश्चिम राप्ती र बबई नदि क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

लगातारको वर्षाले बबई नदीमा पनि जलस्तर खतराको चिह्नमाथि पुगेको छ । बबई नदीमा जलस्तर ६ दशमलव ८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय प्रशासनले बबई नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

मनसुन पुनस् सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले खोला, नाला र नदीमा जलस्तर बढ्दै गएको छ ।

himalayan life insurance
igi long