citizens life insurance long ad
stcnepal long ad
national life

दसैंको बेला मुलुकभर वर्षा

Prabhu Insurance Long Ad

काठमाडौं । दसैंको बेला मुलुकभर नै पानी परिरहेको छ । लगातारको पानीले मान्यजनका हातबाट टीका थाप्न जानेहरुलाई ठूलो कष्ट दिएको छ । त्यसमाथि ग्रामीण भेगका सडकहरु बाढी पहिरोले अबरुध्द हुँदा थप सास्ती खेप्नु परेको छ ।

मौसमविद्हरुले पानी अझै पर्ने बताइरहँदा दसैं मान्न गाँउ गएकाहरुलाई अब कर्मथलो फर्कन थप अफ्टेरो स्थितिको सामना गर्नुपर्नेछ ।

हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसले गर्दा लगातार पानी परिरहेको छ । देशका केही स्थानमा आज धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै एवं बागमती,मधेश र प्रदेश नं १ का एक दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुने देखिएको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

himalayan life insurance
igi long