stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लकडाउनलाई थप कडाई गरिने, दियो यस्तो निर्देशन गृहमन्त्रालयले

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार

काठमाडाैं । लकडाउनमा फेरि कडाई गरिने भएकाे छ । लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पास बिनाका सवारी साधनलाई आवत–जावतमा रोक लगाउन निर्देशन दिएको हो।

गृह मन्त्रालयका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो। फेरि सोमबारदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालयले बताएकाे छ ।

सरकारले हिजाे मात्रै २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेकाे थियाे । देशभर चैत ११ गतेदेखि लकडाउन जारी नै छ ।

prabhu mahalaxmi
kumari