stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा मात्रै ५० हजार नाघ्यो 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

 

गणेश थापा

क्यालिफोर्निया, २४ अप्रिल । अमेरिकामा नोवल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । संक्रमितको संख्यामा समेत उलेख्य मात्रामा बृद्धि भएको छ ।

विगत २४ घण्टाको अवधिमा २ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । अफिसियल डाटाअपडेट गर्दैआइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण हिजो मात्रै संयुक्त राज्य अमेरिकामा करिव २६०० जनाको मृत्यु भएको थियो ।

अमेरिकामा अहिलेसम्म ८ लाख ९१ हजार मानिस संक्रमित भएका छन् भने यस अवधिमा कोरोना भाइरसको संक्रमणबाट कूल ५० हजार ८८ जना व्यक्तिको ज्यान गएको छ । क्यालिफोर्नियाको स्थानीय समय अनुसार शुक्रबार विहान ४:४५ बजेसम्म प्राप्त अपडेट अनुसार कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको न्युयोर्कमा सवैभन्दा बढीको ज्यान गएको छ ।

न्यूयोर्कमा २१ हजार मानिसको मृत्यु भइसकेको छ । त्यहॉ संक्रमित हुनेको संख्या पुरै अमेरिकामै सवैभन्दा बढी २ लाख ७१ हजार रहेको छ । यता क्यालिफोर्नियामा पनि मृतको संख्या १५३३ नाघेको छ भने झण्डै ४० हजार मानिसमा संक्रमण देखिएको छ । दिनहुँ २ हजार ५ सयको हाराहारीमा मानिसहरूको मृत्यु भइरहेको अमेरिकामा यसअघि हप्तादिन पहिले सवैभन्दा बढी करीव ४६०० जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको थियो ।

कोरोना भाइरसको संक्रमण असामान्य बन्दै गएको विश्वको सुपरपावर अमेरिकामा गएको २४ घण्टामा मात्रै झण्डै ३५ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

दैनिकजसो ३० हजारमाथि नयॉ विरामीहरू थपिरहेका छन् । स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले अमेरिकामा कोभिड-१९ को संक्रमणका २ लाख बढीको मृत्यु हुन सक्ने तथा यसबाट दसौं लाख मानिसमा संक्रमण फैलिन सक्ने चेतावनी दिदै आएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएयता अमेरिकामा १० जना नेपालीको मृत्यु भएको छ भने संक्रमित हुने नेपालीको संख्या सयौं छ । अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोनाबाट सवैभन्दा प्रभावित न्युयोर्कमा नेपालीहरूको बाक्लो बसोबास रहेको छ ।

कोरोनाको महामारीबाट त्यहॉ सवैभन्दा बढी नेपाली प्रभावित भएको बताइएको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा बढी रहेको छ । यहॉ संक्रमित संख्या ७ सय बढी पुगेको विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।       विश्वको सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिका यतिवेला भने कोभिड-१९ संगको आन्तरिक लडाइमा कडा संघर्षरत छ । कोरोना भाइरस नियन्त्रणका लागि निकै लामो समय लाग्नसक्ने विज्ञहरूले बताउदै आएका छन् ।

यसैबीच कोभिड-१९ को महामारीबाट प्रभावित साना व्यापार व्यावसाय तथा अस्पताल लगायत स्वास्थ्य क्षेत्रलाई सहयोग गर्न ल्याइएको ४८० बिलियनको राहत प्याकेज विहिबार अमेरिकाको दुवै सदनबाट पारित भएको छ । उता ग्रिन कार्ड, डिभि लगायत केही इमिग्रेसन सम्बन्धीका कामकारवाहीहरू भने केही समयका लागि अस्थायी रूपमा सरकारले स्थगित गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari