stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

पेट्रोलियम आयात सुचारू

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

काठमाडौँ । कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण विगत दुई हप्तादेखि आयात रोकिएको थियो ।
कोरोना भाइरसका कारण लोड लिन ट्याङ्कर चालकहरू भारत जान नमानेपछि आयात रोकिएको हो तर नेपाल आयल निगमले चालकलाई कोरोना भाइरसबाट बच्ने सुरक्षाको प्रत्याभूति गराएपछि आयात सुरु भएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुभयो, “पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकाले लामो समय ढुवानी रोकिनु राम्रो हँुदैन, सुरक्षा अपनाएर हामीले ढुवानी गर्नैपर्ने हुन्छ । त्यसकारण उहाँहरूलाई अनुरोध गरेर ढुवानी सुचारु गरेका हौँ । ”
मङ्गलबार धनगढीबाट ४५ वटा ट्याङ्कर ढुवानीका लागि गएको निगमले जनाएको छ । आयात नभए पनि सो क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भने छैन । नेपालगञ्ज र धनगढी नाकाबाट सामान्य दिनमा दैनिक छ सय किलोलिटरसम्म डिजेल र १५ सय किलोलिटरसम्म पेट्रोल आयात हुँदै आएको थियो ।
लकडाउनको समयमा पेट्रोलियम पदार्थको बिक्री वितरण घटेको छ । हाल दैनिक तीन सय केएल पेट्रोल र हजार केएल डिजेल बिक्री हँुदै आएको छ । सामान्य अवस्थामा दैनिक तीन हजार केएल पेट्रोल र सात हजार केएल डिजेल खपत हुँदै आएको थियो ।
अमेरिकी कच्चा तेलको गिरावटले असर गर्दैन
अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने निगमले जनाएको छ । लकडाउन मूल्यमा गिरावट आउनुको प्र्रमुख कारण मानिएको छ ।
निगमका अनुसार नेपालमा खाडी देशबाट पेट्रोलियम पदार्थ आउने हो । इन्डियन आयल कर्पोरेसनले गल्फबाट ८५ प्रतिशत कच्चा तेल लिएर भारतमा तयारी तेल बनाउँछ ।

उपाध्यायले भन्नुभयो, “अमेरिकामा आएको गिरावटले यहाँ असर गर्दैन, त्यहाँको तेलको क्वालिटी पनि फरक हो, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा हुने उतारचढावका बारेमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको स्वचालित मूल्य कार्यान्वयनबाटै निर्धारण हुन्छ तर अमेरिकातिरको मूल्यले असर गर्दैन । ”  आजको गोरखापत्र दैनिकबाट

 

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long