stcnepal long ad
global ime bank long

सानिमा जनरल इन्स्योरेन्सको आईपीओले पायो रेटिङ्ग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई ३० लाख कित्ता आईपीओ जारी गर्न प्रकृया अघि बढाएको छ । गत माघ २४ गते दोस्रो वार्षिक साधारण सभा मार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले रेटिङ्ग सम्पन्न गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो ।

हाल संस्थापकबाट  ७० करोड रुपैयाँ शेयरपूँजी चुक्ता गरिसकेको कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरी  १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न लागेको हो । चालू आर्थिक वर्ष भित्रै आईपीओ जारी गरिसक्ने गरी कम्पनीले प्रकृया अघि बढाएको जानकारी दिएको छ ।

यस कम्पनीको आर्ईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने केयर एनपी बीबी प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले यस अघिनै आईपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।

यस कम्पनीले २०७५ साल असार २७ गतेदेखि विधिवत रुपमा कारोबार सुरु गरेको थियो ।  रेटिङ्ग कार्य सम्पन्न गरेको कम्पनीले अव नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि अनुमित माग्नेछ । यसका लागि आवश्यक तयारी कम्पनीले गरिरहेको जानकारी दिएको छ ।

प्रतिस्पर्धी नेपालको बीमा बजारमा आफुलाई स्थापित गर्न सफल यस कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ८२ लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २१ हजार ७९२ बीमालेख जारी गरेको छ । यस अवघिसम्म कम्पनीले  १७ करोड ८१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

IME Lifesidebar
kumari