citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

दल दर्ता गर्न निर्वाचन आयोग पुगे नवगठित जनता समाजवादीका नेता

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ११ गते बिहीबार

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी, नेपालका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । दल दर्ताका लागि राजेन्द्र महतो, उपेन्द्र यादव, सरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेताहरुले नवगठित पार्टी बैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गरे ।

उनीहरुले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र, पार्टी पद्धतीलाई कमजोर बनाएर एकदलीय व्यवस्था लाद्न खोजेको आरोपसमेत लगाए । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर लोकतन्त्रमाथि नै प्रहार गर्न खोजेको भन्दै उनीहरुले तत्काल अध्यादेश फिर्ता लिई संसद बैठक बोलाउन पनि माग गरे ।

हिजो मध्यराती राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी नेपाल गठन भएको थियो । नवगठित पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको र चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको कायम गरिएको छ । पार्टीको वरीयता क्रममा महन्थ ठाकुर पहिलो, डा. बाबुराम भट्टराई दोस्रो र उपेन्द्र यादवलाई तेस्रो नम्बरमा राखिएको छ ।

gold
himalayan life insurance long ad
kumari bank