stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

आज वैशाख ११ लोकतन्त्र दिवस

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख ११ गते बिहीबार
काठमाडौँ । लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज बिहीबार १४ औं लोकतन्त्र दिवस मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यस पटक औपचारिक कार्यक्रम भने हुन सकेको छैन ।
२०६३ वैशाख ११ गते आन्दोलनका बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनःस्थापना गरेसँगै लोकतन्त्र आएको स्मरणमा यो दिवस मनाउने गरिएको हो । त्यसबेला १९ दिनसम्म आन्दोलन भएको थियो । सोही आन्दोलनका बलमा लोकतन्त्र पुनःस्थापना भएको थियो ।
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनपछि २०६३ सालमा वैशाख ११ गते संसद पुनःस्थापना भएको थियो । लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बन सहितका घोषणा गरेको थियो ।
सोही घोषणा बमोजिम पहिलो पटक २०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन भएको थियो । संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long