stcnepal long ad
global ime bank long

सामाजिक सुरक्षा कोषलाई सरकारले दियो १८ करोड ६७ हजार, चैत महिनाको रकम श्रमिकको खातामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ११ गते बिहीबार

काठमाडौँ । सरकारले गत फागुनसम्म नियमित योगदान गरेका रोजगारदाता र श्रमिकको मात्र चैत महिनाको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरि दिने भएको छ ।

रोजगारदाताले श्रमिकको फागुन महिनासम्मको योगदान रकम कोषमा दाखिला तथा चैत महिनाको तलब नियमितरुपमा भुक्तानी गरेको विवरण पेश गरेपछि मात्र चैत महिनाको योगदान रकम जम्मा हुने कोषले जनाएको छ । सरकारले लकडाउनका कारण प्रभावित भएका औपचारिक क्षेत्रका श्रमिकको चैत महिनाको कोषमा जम्मा गर्नुपर्ने आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिक र २९ प्रतिशत रोजगारदाताको तर्फबाट हुन आउने रकम कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो ।

सरकारको सोही निर्णयसँगै फागुनसम्म नियमित योगदान गर्दै आएका रोजगारदाता र श्रमिकको चैत महिनाको योगदान बापत रु १८ करोड ६७ हजार प्राप्त भइसकेको कोषका प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् ।

लकडाउनको अवधिमा पनि करिब चार हजार योगदानकर्ता कोषमा आबद्ध भएका छन् । आजसम्म कोषमा १२ हजार ३३० रोजगारदाता र एक लाख ५७ हजार योगदानकर्ता सूचीकृत भइसकेका छन् ।

यसैगरी गत साउनदेखि कोषमा योगदान गर्न शुरु भएकामा हालसम्म ८६१ रोजगारदाताका ३३ हजार ३२७ श्रमिकको रु ९० करोड ५६ लाख योगदान रकम जम्मा भइसकेको छ ।

IME Lifesidebar
kumari