stcnepal long ad
ime life insurance
national life
global ime bank long

जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ    

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख १०, २०७७ बुधबार

काभ्रे । जबरजस्ती करणी मुद्दामा फरार रहेका ३ जना प्रतिवादीहरुलाई बुधबार बिहान प्रहरीले उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका-१० थापागाउँ बस्ने मण्डनदेउपुर नगरपालिका-८ घर भएका १९ वर्षीय सविन गौतम, बनेपा नगरपालिका-१० डेरा गरी बस्ने सिन्धुपाल्चोक  हेलम्बु गाउँपालिका-४ शेरा घर भएका १९ वर्षीय सविन दुलाल र पनौती नगरपालिका-५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा रहेका छन् ।

उनीहरुले २०७६ असोज १३ गते १६ वर्षीया किशोरीलाई बा.५ च ३८४९ नम्बरको बलेरो गाडीमा राखी बनेपा स्थित काभ्रे क्याम्पस भन्दा माथिको जंगलमा लगि जबरजस्ती करणी गरी फरार भएका थिए ।

वारदात पश्चात फरार रहेका उनीहरुको जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बनेपा नगरपालिका-१० र पनौती नगरपालिका-५ स्थित आफ्नै वतनमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै घटनामा प्रयोग भएको बलेरो गाडी समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari