stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

झण्डै ४३ हजारको मृत्यु हुँदा अमेरिकामा संक्रमित संख्या ८ लाख नाघ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
 आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार
गणेश थापा–
क्यालिफोर्निया, २१ अप्रिल नोवल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या ४३ हजार नजिक पुगेको छ । विश्वको सुपरपावर अमेरिकामा संक्रमितको संख्यामा समेत तीब्रगतिमा बृद्धि भइरहेको छ । अफिसियल डाटाअपडेट गर्दैआएको न्युजब्रेकका अनुसार गत जनवरीमा कोभिड-१९ को संक्रमण देखिएयता अमेरिकामा अहिलेसम्म ८ लाख ६५० मानिस संक्रमित भएका छन् । यसैगरी यस अवधिमा कोरोना भाइरसको संक्रमणबाट ४२ हजार ८०४ जना व्यक्तिको ज्यान गएको छ ।
यो तथ्यांक क्यालिफोर्नियाको स्थानीय समय अनुसार सोमबार राति २ बजे (नेपाली समय मंगलबार दिउँसो ३ बजे) सम्मको प्राप्त अपडेट हो । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म करीव २५ लाख मानिस संक्रमित भइसकेको विश्वभरको कूल संख्याको झण्डै ३३ प्रतिशत मानिस अमेरिकामा मात्रै संक्रमित भएका छन् ।
हिजो मात्रै २ हजार बढीको मृत्यु भएकोमा आज २४ घण्टाको अवधिमा सोही हाराहारीमा मानिसले ज्यान गुमाएका छन् । संसारभर अहिलेसम्म करीव १ लाख ७१ हजारको मृत्यु भइसकेको छ । यो समाचार तयार गर्दाताकासम्म सान फ्रान्सिस्को क्रोनिकल मिडियाका अनुसार न्यूयोर्कमा सवैभन्दा बढी मानिसको मृत्यु भएको छ ।
त्यहॉ मृत्यु हुनेको संख्या १९ हजारको हाराहारीमा पुगेको छ । यता क्यालिफोर्नियामा पनि मृतको संख्या १२२५ नाघेको छ भने झण्डै ३४ हजार मानिसमा संक्रमण देखिएको छ । दिनहुँ २ हजार बढीको मृत्यु भइरहेको अमेरिकामा यसअघि ४ दिन पहिले सवैभन्दा बढी करीव ४६०० जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको थियो । अमेरिकामा कोरोना भाइरसको संक्रमण असामान्य बन्दै गएको छ।
दैनिक जसो ३० हजार माथि नयॉ विरामीहरू थपिरहेका छन् । विशेषज्ञहरूले अमेरिका कोभिड-१९ बाट उत्पन्न संकटको चरमसीमामा रहनुकासाथै यसबाट २ लाख बढीको मृत्यु एवम् दसौं लाख मानिसमा संक्रमण फैलिन सक्ने चेतावनी दिदै आएका छन् ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट यो मितिसम्म अमेरिकामा १० जना नेपालीको मृत्यु भएको छ भने संक्रमित हुने नेपालीको संख्या सयौं छ । अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोनाबाट करीव २ करोड जनसंख्या रहेको न्युयोर्कमा मात्रै २ लाख ५३ हज़ारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
सो ठॉउमा नेपालीहरूको बाक्लो बसोबास रहेको हुँदा त्यहॉ सवैभन्दा बढी नेपाली प्रभावित भएको बताइएको छ । उता अमेरिकाको मेरिल्याण्ड राज्यका विधानसभा सदस्य ह्यारी भण्डारीले समेत कोरोना भाइरसबाट अमेरिकामा १० नेपालीको मृत्यु भएको पुष्टी गर्दै मृतक नेपालीको शव अलपत्र परेको भन्ने बजारिया हल्लाकोपछि नलाग्न सवैमा आग्रह गरेका छन् ।
नेपालीमूलका अमेरिकी राज्यसभा सदस्य भण्डारी कोरोना संक्रमितको सहयोग तथा मृतकहरूको शव व्यवस्थापनमा सक्रिय रहदै आएका छन् । प्रवासी नेपालीहरू मध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा बढी रहेको छ । यहॉ संक्रमित संख्या ७ सय बढी पुगेको विभिन्न संघसंस्थाहरूले जनाएका छन् । विश्वको सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिका यतिवेला भने कोभिड-१९ संगको आन्तरिक लडाइमा कडा संघर्षरत छ । कोरोना भाइरस नियन्त्रणका लागि अझै ६ महिना बढी समय लाग्नसक्ने विज्ञहरूले बताएका छन् ।

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long