stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

‘कोभिड-१९ बीमा पोलिसी बील नचाहिने पोलिसी’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार

काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको क्षति न्युनिकरण गर्नका लागि नेपालमा कोभिड १९ बीमालेख जारी भएको छ । बीमा समिति र निर्जीवन बीमा कम्पनीहरुको सहकार्यमा सार्वजनिक गरिएका बीमा लेखहरु बीमा रकमको आधारमा दुई प्रकारका छन् । १ लाख रुपैयाँ र ५० हजार रुपैयाँका बीमालेख रहेका छन ।

कोरोना भाइरस संक्रमण भइहालेको खण्डमा क्षति कम गराउनका लागि एक लाख रुपैयाँ बीमा लेख खरिद गर्नलाई एकल व्यक्तिले एक हजार रुपैयाँ र परिवार सहितको बीमा गराउन चाहेमा थप ६ सय रुपैयाँ कुल १६ सय रुप्ैयाँमा परिवारकै बीमा कभर हुन्छ ।

त्यस्तै, ५० हजारको बीमाका लागि एकल व्यक्तिले ५ सय र परिवार सहितको बीमाको लागि थप ३ सय रुपैयाँ गरि ८ सय रुपैयाँमा तिरेपछि यो बीमा लेख खरिद गर्न मिल्छ । यी बीमालेख खरिद गर्नका लागि निर्जीवन बीमा कम्पनीहरुको अनलाइनबाट नै खरिद गर्न सक्ने व्यबस्था मिलाएको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए

उनले भने, ‘यो अन्य बीमा पोलिसीभन्दा फरक भएका कारणले बीमितले कुनै पनि बील अथवा अन्य प्रक्रियाहरु पुरा गर्न पर्दैन, बीमा गरेको १५ दिनसम्मलाई वेटिंग समयका लागि राखिएको छ । त्यसपछि यो बीमा गरेका बीमितहरुलाई  पिसीआर रिर्पोटमा पोजेटिभ आएकाहरुले यो रकम पाउने हो ।’

नेपालमा पहिलो पटक गरिएको यस्तो खालका बीमामा आम रुपमा सहभागीता गराउनका लागि चेतना र यसको बारेमा जानकारी दिन आवश्यक छ । केहि कर्पोरेट हाउसहरुले कोभिड १९को बीमा पोलिसी खरिद गर्नका लागि समूहमा नै पहल भइरहेको सीइओ पाण्डेले जानकारी दिए ।

कोभिड १९ का विरामीलाई सरकारले नै उपचार गर्ने गर्छ त्यसैले यो बीमा पोलिसी भनेको कोभिड १९बाट संक्रमति भइसकेपछि हुन आर्थिक क्षतिका लागि हो यो बीमा दावी गर्ने बेलामा कोभिड १९ को उपाचार गरेको बीलहरु पेश गर्न पर्दैन पाण्डेले भने ।

               

बीमा समिति र बीमा कम्पनीहरुले महामारीमा क्षति कम गराउने उद्देश्यले गरिएको यो बीमालेखमा एकल व्यक्ति र परिवारका सदस्यको बीमा गराउन सकिने नेपाल इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले बताए । उनले भने, ‘कोभिड १९को प्रत्येक्ष रुपमा असर गर्नेहरु डाक्टर, नर्स, स्वास्थ्वकर्मी, अस्तालका अन्य कर्मचारी, पत्रकार लगायतलाई यो बीमा गर्न अत्यत्न जरुरी हो ।’

बीमा दाबी रकम कोरोना संक्रमण भएको पीसीआर रिपोर्टबाट पुष्टी हुने वित्तिकै पाइने भएकोले संक्रमणबाट निको भएपनि भुक्तानी पाइने नायव महाप्रबन्धक पाण्डे बताउँन छन ।


 

kumari bank
kumari
nawakantipur long