stcnepal long ad
nabil bank
Himalayan bank
national life

धरान खानेपानी आयोजना असफल भएको पुष्टि फिनान्सियल अडिट र टेक्निकल अडिट गर्न माग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार

धरान । एडिवीको क्रृण तथा अनुदान र धरान उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको करिव २२० करोडको धरान खानेपानी आयोजना असफल भएसंगै धरानमा खानेपानीको हाहाकार बढेर गएको छ । असफल आयोजनालाई प्रमाणिकरण नै नगरी धरान खानेपानी व्यवस्थापन बोर्डले जिम्मा लिएकोप्रति आम धरानवासीले तिव्र विरोध जनाएका छन् ।

आयोजनाका प्रमुख राजु पोखरेल बोर्डको कार्यकारी निर्देशक नियुक्त भईसकेको र परामर्शदाता अनिल नेपाल पनि आयोजना छोडेर गईसकेको अवस्थामा सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक एवम् धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र गोलेले गरेको सर्वेमा अधिकांश वडाहरुमा खानेपानीको समस्या देखिएपछि समितिले अनुगमन गर्दा चैत्र २१ देखि बैशाख ५ सम्मको औसत उत्पादन दैनिक ६२.६५ लाख लिटर र बैशाख ५ देखि बैशाख ९ गते सम्मको औसत उत्पादन दैनिक ६१.७५ लाख लिटर प्रतिदिन मात्र पाइएको तर बोर्डका कार्यकारी निर्देशक पोखरेलले भने दैनिक ९२ लाख लिटर उत्पादन हुंदै आएको बताउने गरेको संयोजक गोलेले बताए ।
आयोजना ल्याउंदै गर्दा धरानवासीलाई सन् २०३१ सम्म न्यूनतम् १६ देखि २४ सै घण्टा ७ मिटरको प्रेसरमा डब्लु.एच.ओ. मापदण्डको शुद्ध खानेपानी उपलब्ध गराउने भनिएतापनि आयोजना सकिएको ५ महिनापनि नपुग्दै धरानमा खानेपानीको हाहाकार हुनुले आयोजनाको डि.पि.आर. पनि गलत भएको र धरानवासीलाई झुट र भ्रममा राखेर अरबौंको लगानीको चरम दुरुपयोग र भ्रष्टचार भएको पुष्टि भएको संयोजक गोलेले बताए । उनले तत्काल स्वतन्त्र र निश्पक्ष फिनान्सीयल र टेक्निकल अडिट हुनुपर्ने समेत माग गरे ।
नेपाली कांग्रेसका तत्कालीन नगर सभापति किशोर राईले धरानमा खानेपानीको चरम अभाव भएकै कारण आयोजना ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरिएको स्मरण गर्दै धरानको लागि खानेपानी जस्तो संवेदनशील विषयमा आएको यत्रो ठुलो आयोजना कसरी असफल भयो? यसको छानवीन हुनुपर्ने र उपयुक्त समाधान खोज्नुपर्ने बताए । उनले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसंग भएको ११ बुंदे सहमति र आयोजनाले धरानवासीसंग गरेको प्रतिवद्धता पनि हालसम्म पूरा नभएको बताए ।
अनुगमन समितिका सदस्य तथा संघीय समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्वुले धरानवासी माथि खानेपानीको नाममा ठूलो घात गरेको भन्दै यथास्थितिमा अधुरो, अपुरो, अप्रमाणित र असफल आयोजना कुनैपनि हालतमा जिम्मा लिन नहुने बताए । उनले आयोजनाको म्याद सकिए लगत्तै कसैलाई थाहा नदिई विना प्रतिष्पर्धा २ वटा वेल निर्माणका लागि ठेक्का दिनु र ट्याङ्करवाट पनी वितरण गर्नुले पनि आयोजना असफलत भएको पुष्टि भएको बताए ।
नेपाली कांग्रेसका महासमिति सदस्य पर्वत राईले यो भूमिगत श्रोतमा आधारित आयोजना ल्याउनु नै गलत भएको भन्दै सप्तकोशीवाटै दीर्घकालीन रुपमा पानी ल्याउनु पर्ने बताए । उनले धरानवासीलाई भ्रम र गुमराहमा राखेर आयोजना ल्याउने र असफल आयोजना बुभ्mने खेल भएको भन्दै यसमा व्यापक भ्रष्टचार भएको हुन सक्ने बताए । १० देखि १५ हजारसम्म पैसा तिरेका अधिकांश धरानवासीहरुको घरमा आयोजना तथा बोर्डले अहिले पनि खानेपानी जडान नगरेकोप्रति पनि उनले आक्रोश पोखे ।
सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले हामीलाई २४ सै घण्टा पानी खुवाउंछौं भनेर भुटो आश्वसन र भ्रममा राखेर आयोजना ल्याइएको रहेछ । तर आज आएर गलत सावित भयो । अहिले पनि मोटर नलगाई पानी आउंदैन । यस्तो आयोजनाको योजनाकार, आयोजना प्रमुख, परामर्शदाता लगायत कार्यान्वयन गर्नेहरु माथि छानवीन र कारवाही हुनु पर्यो र धरानवासीलाई पर्याप्त पानी खुवाउन अर्को विकल्प खोज्नु पर्यो भन्दै रोष प्रकट गरे ।

kumari bank
kumari
nawakantipur long