stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

प्रहरी पेट्रोल पम्पमा पानी भेटियो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार

काठमाडौं ।  नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको छ । पम्पबाट शनिबार बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको खबर नेपाल आयल निगमलाई प्राप्त भएको छ ।

यसबारे सत्यतथ्य पता लगाउन अनुसन्धान सुरु भइसकेको छ भन्नुभयो । उहाँले पेट्रोलमा कति मात्रामा पानी भेटिएको हो ? कसरी त्यस्तो भयो ? त्यस विषयमा अनुसन्धान तथा छानबिन सुरु भएको बताउनु भयो ।
प्रवक्ता उपाध्यायले पेट्रोलमा पानी चाहिँ भेटिएको हो । पानी कसरी मिसिन पुग्यो ? सोबारे निगमको प्राविधिक सहितको टोलीले ४८ हजार लिटर क्षमता रहेको उक्त पेट्रोल पम्पकै अनुसन्धान र छानबिन सुरु गरेको छ भन्नुभयो । उहाँले एउटै डिपो र ट्याङ्करबाट विभिन्न पम्पमा पेट्रोल वितरण गरिए पनि अन्य ठाउँमा पानी मिसिएको नभेट्नु तर प्रहरीद्वारा सञ्चालित पम्पमा पानी मिसिएको भेटिनु गम्भीर विषय रहेको बताउनुभयो ।
पानी मिसिएको खबर निगमलाई प्राप्त हुने बित्तिकै थानकोट आयल निगम डिपोका प्रमुुख प्रदीपकुमार यादव सहित निगमका प्राविधिक सहितको टोली सामाखुसी पेट्रोल पम्प पुगी अनुसन्धान सुरु गरेको हो ।

शनिबार बिहान पेट्रोल बिक्री वितरण गर्ने बेलामा एक ग्राहकले खरिद गरेको पेट्रोलमा पानी मिसिएको भेटिएको थियो । थानकोट डिपोबाट नै सामाखुसी पम्पमा पेट्रोल ल्याइएको थियो । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले नेपाल आयल निगमको थानकोट डिपोबाट सामाखुसी पम्पमा ल्याउँदा नै पेट्रोलमा पानी मिसिएको पाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार थानकोट डिपोबाट छ हजार लिटर पेट्रोल सामाखुसी पम्पमा ल्याइएको थियो । त्यसमा पानी मिसिएको भेटिएपछि नेपाल आयल निगमलाई तत्काल खबर गरिएको तथा बिक्री वितरण बन्द गरिएको जानकारीसमेत प्रवक्ता जोशीले दिनुभयो ।
अहिले नेपाल आयल निगम र नेपाल प्रहरीका प्राविधिकबाट पानी मिसिएको घटनाबारे अनुसन्धान तथा छानबिन भइरहेको जानकारी उहाँले दिनुभयो ।

उहाँले पेट्रोलमा पानी मिसिनुमा आयल निगम वा पेट्रोल पम्प कसको कमी कमजोरी रहेको हो स्पष्ट हुने विश्वास व्यक्त गर्नुभयो । भउचप्रसाद यादव आजको गोरखापत्रबाट

prabhu mahalaxmi
kumari bank
kumari