stcnepal long ad
ime life insurance
national life
global ime bank long

अर्थतन्त्रका अधिकांश क्षेत्रमा कोभिड १९ को असर, कृषिमा प्रभाव कम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार

काठमाडौँ । मध्यावधि समीक्षा मार्फत बजेट ९.६ प्रतिशत घटाए पनि गत चैत ६ गतेसम्म अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको आर्थिक वृद्धि ८.५ प्रतिशतको लक्ष्य नजिक पुग्ने बताइरहेका थिए ।

नेपाली अर्थतन्त्रका प्रायः क्षेत्रमा कोभिड–१९ को असर परिनसकेको, छिमेकी मुलुक चीनमा संक्रमण नियन्त्रणमा आइसकेको र भारतमा उच्च सतर्कता अपनाइएकाले यो सन्त्रासबाट छिट्टै मुक्ति पाइने उनको भनाइ थियो। त्यति बेला पर्यटन आगमन मात्रै बन्द गरिसकेकाले यस क्षेत्रको असरले नेपालको अर्थतन्त्रलाई ठूलो क्षति नपुर्‍याउने उनको भनाइ थियो।

‘हाम्रो आर्थिक क्रियाकलाप मापन गर्ने कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत भएकाले समग्र अर्थतन्त्रमा पनि त्यति नै मात्र क्षति गर्छ,’ सरकारको साप्ताहिक पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘पर्यटनमा असर परेपछि त्यसबाट समग्र अर्थतन्त्र शिथिल भयो भनेर धेरैले ठाडो अनुमान गरिरहेका छन्।

यसलाई म रुल अफ थम भन्छु।’ (अर्थात् यो कुरा सही हुन्छ भन्ने छैन, यस्तो कुरा जसले पनि गर्न सक्छ।) विश्वव्यापी कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्रका क्षेत्रमा फाट्टफुट्ट असर सुरु गरिसक्दा पनि आर्थिक वृद्धि ८.५ प्रतिशतकै लक्ष्य नजिक पुुग्ने अर्थमन्त्री खतिवडाको दाबी अहिले फिका सावित भइसकेको छ।

उच्च आर्थिक वृद्धि हुने भनेकै पाँचौं दिन चैत ११ गते सरकारले मुलुकलाई ‘लकडाउन’ घोषणा गर्‍यो। त्यसको एक महिना बितिनसक्दै हाम्रो मुलुकलाई नजिकबाट नियाल्ने दातृ निकायहरूले नेपालको अर्थतन्त्र तीन प्रतिशतभन्दा तल अर्थात् सरकारले लक्ष्यको तुलनामा ५.५ प्रतिशत विन्दुले कम हुने ठोकुवा गरिसके। हाल आइपुुग्दा विज्ञ अर्थमन्त्री खतिवडाले पनि यसलाई स्वीकार गरिसकेकाले उनले भनेको ‘रुल अफ थम्ब’ आफैतिर फर्किइसकेको छ।

‘कृषिबाहेक सबै क्षेत्रमा प्रभाव पर्न थालिसकेको छ। कृषिमा पनि नाशवान् वस्तुुहरूको उत्पादन, भण्डारण र बिक्रीमा असर परिसकेको छ,’ गत बिहीबार बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा खतिवडाले भने, ‘कुनै क्षेत्रमा वृद्धिदर सामान्य नकारात्मक हुन सक्छ। सबै हिसाब त गरिसकेका छैनौं, झन्डै दुई खर्ब रुपियाँ बराबरको नोक्सानी हुन्छ भन्ने अनुमान छ।’आजको कान्तिपुर दैनिकबाट ।

IME Lifesidebar
kumari