नयाँ गर्भनरको हस्ताक्षरका ५ र १० रुपैयाँको छाप्ने तयारी

आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ ।
राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ ।
राष्ट्र बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेनि’सँग सम्झौता गरेको हो । बैकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियोे ।
नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्तारक्षर युक्त कुल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउनेछ । आजको राजधानी दैनिकबाट