stcnepal long ad
global ime bank long

लकडाउनमा इन्टरनेट सेवा नकाट्नु, लकडाउन पछि विलम्ब शुल्क नलिई भुक्तानी लिनूः प्राधिकरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।

लकडाउनको अवधिमा इन्टर्नेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टनेट सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन पनि सूचित गरेको छ ।

प्राधिकरणले भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टनेट सेवासमेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

IME Lifesidebar
kumari