stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भिभिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ६, २०७७ शनिबार काठमाडौं ।

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ ।

सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विश्ष्टि व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद पेस भएको हो ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेस गरेका हुन् । मन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, राजनीतिक दलका नेता, पूर्व मन्त्रीहरुको सुरक्षार्थ खटिएका दुई तिहाइ अर्थात ७५ प्रतिशत सुरक्षाकर्मी पनि फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेको छ ।

पूर्व प्रधानमन्त्रीलाई ३ जना, गृहमन्त्रीलाई दुई जना बाहेक सबै सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव गरिएको छ ।          आजको नागरिक दैनिक बाट ।

prabhu mahalaxmi
kumari