stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सिप्रदीयन सहायता संस्थाद्वारा नेपाल प्रहरीलाई ५ सय थान पिपिई हस्तान्तरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले ५ सय थान पिपिई (पर्सनल प्रोटेक्टिभ ईक्युप्मेन्ट) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा उक्त प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विपदको समयमा आम नागरिकको सहयोगको लागि उक्त प्रालि सदैव क्रियाशील रहेको बताउनुभयो । आगामी दिनमा नेपाल प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न सो प्रालि सदैव तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरु फेला परिसकेको कारण सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही जोखिमको समेत कुनै प्रर्वाह नगरी समाज र नागरिकको सेवा र सुरक्षामा सक्रिय रहने नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम सुरक्षित राख्न सके मात्र आम नागरिकहरुको पूर्ण सुरक्षा सम्भव हुने महसुस गरी उक्त प्रालिले नेपाल प्रहरीलाई पिपिई हस्तान्तरण गरेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सिप्रदी ट्रेडिङ प्रालिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

kumari bank
kumari
nawakantipur long