stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अमेरिकामा एकैदिन अहिलेसम्मकै बढी करिव ४६ सयको मृत्यु, कोरोनाका कारण ८ नेपालीको ज्यान गयो ।

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

गणेश थापा–

क्यालिफोर्निया, १७ अप्रिल संयुक्त राज्य अमेरिकामा एकै दिन झण्डै ४६०० मानिसले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको कारण यस प्रकारको बढ्दो मृत्युदरसंगै अमेरिकामा बसोबास गर्नेहरू निकै त्रसित र भयभित भएका छन् ।

दि वाल स्ट्रीट जर्नलका अनुसार विगत २४ घण्टाको अवधिमा यहॉ ४५९१ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै सर्वाधिक संख्या हो । आज एकै दिन ३२ हजार बढी नयॉ संक्रमित थपिएका छन् । अमेरिकामा कोभिड-१९ को संक्रमणबाट झण्डै ३४ हजार जनाको ज्यान गइसकेको छ भने संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार नाघिसकेको छ ।

यति हुँदापनि कोरोना संक्रमण फैलिन नदिनका लागि युरोप र एसियाली देशहरूले अपनाए जस्तो कडा खालको सतर्कता र तदारूकता देखिदैन । अमेरिका बन्द हुनका लागि नबनेको जस्ता अभिव्यक्ति दिदैआएका राष्ट्रपति डोनाल्ड ट्रम्पले विहिबार ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार भेटघाटका क्रममा सामाजिक दुरी कायम राख्दै शैक्षिक संस्था, कार्यालय लगायत आगामी दिनमा चाडै नै खोल्न सकिने तथा अमेरिकालाई पुन: सामान्य अवस्थामा फर्काउन आफ्नो योजना पेस गरेका छन् ।

केही सरकारी कार्यालय, स्कूल, कलेज, प्राइभेट कम्पनी, व्यापारिक हब तथा आवश्यकता अनुसारका केही साना व्यापार व्यावसाय, सार्वजनिकस्थल लगायत बन्द रहेपनि यो मितिसम्म अमेरिकाका कुनैपनि राज्यहरू पूर्णरूपमा लकडाउन गरिएको छैन् ।

यसैबीच विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले गर्दै आएको करोडौं डलर बराबरको आर्थिक सहयोग रकम रोकेपछि राष्ट्रपति ट्रम्पको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक विरोध भइरहेको छ । कोरोनाका कारण दुई लाख मानिस मर्न सक्ने र दशौं लाख मानिसमा भाइरसको संक्रमण फैलिन सक्ने कोरोना भाइरस रोकथाम ट्रम्प कार्यदलका एकजना उच्च तहका मेडिकल विशेषज्ञले यसअघि चेतावनी दिइसकेका छन् ।

कोरोना संक्रमणबाट अमेरिकाका ख्यातिप्राप्त डाक्टर, वकिल, गायक, पुलिस अफिसर लगायत कयौं महत्वपूर्ण व्यक्तिहरूको ज्यान गएको छ । कोरोना भाइरसको संक्रमण फैलिएयता यस बीचमा ८ जना नेपालीहरूको मृत्यु भएको छ भने २ सय बढी नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ ।

कोभिड-१९ को इपिसेन्टर बनेको न्युयोर्कमा मात्रै करिव १५ हजार व्यक्तिको ज्यान गएको छ भने संक्रमितको संख्या २ लाख २५ हजारको हाराहारीमा पुगेको छ ।

करिव २ करोड़ जनसखंया रहेको न्युयोर्कमा नेपालीहरूको समेत बाक्लो बसोबास रहेको छ । त्यहॉ मात्रै कोरोना संक्रमित नेपालीहरू सयौंको संख्यमा हुन सक्ने स्थानीय सामाजिक संघसंस्थाहरूले जनाएका छन् ।

यता क्यालिफोर्नियामा समेत कोरोना भइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९७३ नाघेको छ । यहॉ संक्रमितको संख्या २८ हजार भन्दा बढी छ ।

prabhu mahalaxmi
kumari bank
kumari