लागु औषध सहित ६ जना पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ६ माघ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले माघ ५ गते ललितपुर महानगरपालिका ९ बालकुमारी च्यासलबाट लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ्ग उर्लाबारी घर भई ललितपुर सातदोबाटाको राजु राई, संजय राई, ईलाम घर भई ललितपुर बालकुमारीका तस्विर लिम्बु, मोरङ्ग घर भई ललितपुर बालकुमारीका आकाश लिम्बु, मकवानपुर हेटौंडा घर भई काठमाडौ कोटेश्वरका सुनिल प्रजापति र ताप्लेजुङ्ग तामतुङ घर भई काठमाडौ बानेश्वरका सुजन लिम्बु छन् । निजहरूको साथबाट डाईजेपाम, नुफिन र फेनारागन गरी जम्मा १६८ एम्पुल सिरिन्ज ९ पिस बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

IME Lifesidebar
kumari