stcnepal long ad
ime life insurance
global ime bank long

विकास बैंकहरु पनि एनसीएचएलको connectRTGS मा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्नेछ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मुक्तिनाथ विकास बैंक, ज्योति विकस बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग भिन्दा–भिन्दै सम्झौता गरेको छ । उक्त सम्झौता अनुरुप, नेपाल क्लियरिङ्ग हाउसले बैंकहरुलाई च्त्न्क् प्रणाली मार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक RTGS Integration Middleware,”connectRTGS ” उपलब्ध गराउने भएको छ ।
विकास बैंकहरुसँगको यस सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल राष्ट्र बैंकको RTGS को प्रभावकारिता बढाउन विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको छ । connectRTGS प्रणाली पहिलो चरणमा अधिकांश ’क’ वर्गका वाणिज्य बैंकहरुमा सफलतापूर्वक कार्यान्वयनमा आईसकेको छ र अब नेपाल राष्ट्र बैंकसंग च्त्न्क् प्रणालीको लागी Direct Member को रुपमा सम्झौता गरी सकेका ‘ख’ तथा ‘ग’ वर्गका वित्तिय संस्थाहरुको लागी पनि उपलब्ध गराइने छ । एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तिय संस्थाहरु, गैर–बैंकिङ्ग सदस्यहरु जस्तै सरकारी तथा अर्ध सरकारी संस्था, PSP/PSO र अन्य सेवा प्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सञ्चालन मार्फत समग्र बैकिङ्ग क्षेत्रलाई सहयोग पु¥याउँदै आएको छ । एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारहरुलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डहरुको अनुपालन सहित connectRTGS बैंक र वित्तिय संस्थाहरुका लागि न्यून मुल्यमा कार्यान्वयनमा ल्याइएको छ ।
आरटीजीएस प्रणालीमा ठूलो मुल्यका र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । नेपालमा आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो ।

prabhu mahalaxmi
kumari