stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सशस्त्रको कोरोना उपचार अस्पताल बन्दै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल वैशाख १, २०७७ सोमबार

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण भएको खण्डमा व्यवस्थित तवरले उपचार गर्नका लागि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सो अस्पतालको आज उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल लगायतले आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा अस्पतालको पछिल्लो अवस्था र तयारीका बारेमा उहाँहरुले जानकारी लिनुभएको छ । छाउनी स्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मा आयोजना गरिएको पत्रकार सम्मेलन लगत्तै उहाँहरुले सो अस्पतालको निरीक्षण गर्नुभयो ।

अस्पताललाई युनिफाइड कमान्ड हस्पिटललाई डेडिकेटेड कोभिड–१९ उपचार अस्पतालका रुपमा विकास गर्ने गरी भएको निर्णयअनुसार भौतिक पूर्वाधार निर्माणको काम द्रूत गतिमा अगाडि बढाइएको हो ।

सो अस्पतालमा कूल १२० श्यया आइसोलेशन र छ श्यया आइसियु श्यया तयार पारिएको छ । यस्तै थप १४ वटा आइसियु श्यया निर्माण सम्पन्न हुने क्रममा छ । नेपाली सेना र अन्य स्वास्थ्य निकायका चिकित्सकले सो अस्पतालमा विशेष सेवा दिने गरी तयार पारिएको छ ।

यस्तै टेकु स्थित १०० श्ययाको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल र पाटन अस्पताललाई समेत कोभिड–१९ को उपचार गर्ने अस्पतालका रुपमा तयारी अवस्थामा राखिएको छ । यस्तै नेपाल एम्बुलेन्सलाई सहयोग गर्न चार-चारवटा ‘इमरजेन्सी मेडिकल टेक्निसियन टिम’ राख्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी हालतमा राखिएको  छ ।

यस्तै सबै जिल्लामा कम्तीमा दुई र प्रदेश सदरमुकाम रहेका जिल्लामा कम्तीमा पाँचवटा एम्बुलेन्स तयारी गरी राख्न लगाइएको छ ।

अत्यावश्यक सामान आपूर्ति गर्नेलाई पास नचाहिने

सरकारको पछिल्लो निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूध तथा दुग्ध जन्य पदार्थ, पशुपक्षी तथा माछाको आहार आदिको ढुवानी निर्बाध रुपमा ल्याउन दिइएको छ । त्यस्ता सामग्रीको आयात तथा ढुवानीका लागि आवश्यक पास नचाहिने व्यवस्था गरिएको छ ।

२९ हजार क्वारेन्टाइन श्यया तयार

हालसम्म देशभर कूल २९ हजार ३८९ क्वारेन्टाइन श्यया तयार भएका छन् । सरकारले तय गरेको मापदण्डअनुसार नै त्यस्ता श्यया तयार भएका छन् । यस्तै तीन हजार ११४ आइसोलेशन श्यया सङ्ख्या व्यवस्थापन भएको छ । त्यस्तै आठ हजार ८२ जना क्वारेन्टाइनमा रहेका छन् भने ८२ जना आइसोलेशनमा रहेका छन् । रासस

prabhu mahalaxmi
kumari