stcnepal long ad
global ime bank long

के एल दुगड समुहद्वारा विभिन्न स्थानका कुल ७५० परिवारलाई खाद्यान्न सामाग्री बितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख १, २०७७ सोमबार

काठमाडौं । के एल दुगड समुहद्वारा मोरङको बुढीगंगा गाउपालिकाका ४५० परिवारलाई कोभिड १९ महामारीले निमत्याएको संकटको बेलामा राहत सामाग्री वितरण गरेको छ । बुढीगंगा गाउपालिकाको वडा न.५ को सहकार्यमा वडा न.४ समेत गरी ४५० परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको छ ।
उक्त समुहले १० किलो चामल, २ किलो आटा, दाल १ किलो, आलु २ किलो, खाने तेल १ लिटर, नुन १ किलो गरी कुल १६ किलो को फेमिली प्याक बनाएर वितरण गरेको थिए । राहत वितरण कार्य गाउपालिका प्रमुख बाल चन्द्र माझी, वडा अध्यक्ष रमेश खनाल, ईलाका प्रहरी प्रमुखहरुको उपस्थितिमा गरिएको थियो ।
समुहका विराटनगर स्थित महाप्रबन्धक रामरसिक ठाकुरले वडा कार्यालयको समन्वयमा दैनिक ज्यालादार मजदुर वर्ग, गरीब असहायहरु पहिचान गरी खाद्य सामाग्री वितरण गरेको छन् । यो समुहले मुलुकमा अप्ठेरो परेको अवस्था तथा संकटका बेला जहिले पनि राहत बितरण गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने कुरा ब्यक्त गरेका छन् ।
त्यसै गरी उक्त समुहले चितवनको राप्ती नगरपालिका (भन्डारा र खैरहनी नगरपालिका (पर्सामा पनि प्रति नगरपालिका १५० परिवारको दरले कुल ३०० परिवारको लागि खाद्यान्न सामाग्री बितरण गरेको छ भने रत्ननगर नगरपालिका (टाँडिमा भोली बैशाख २ गते १५० परिवारलाई खाद्य सामाग्री बितरण कार्य रहेको के एल दुगड समुहले जनाएको छ ।
साथै उक्त समुहले १ हप्ता अगाडि बाँके जिल्लाको नेपालगञ्ज, कोहलपुर क्षेत्रमा पनि ४५० परिवारलाई प्रति परिवार १५ केजीका दरले खाद्यान्न सामाग्री बितरण गरेको थियो ।
यस कोरोना महामारीको निमत्याएको संकटको बेला समुहले कुल १३५० परिवारलाई खाद्यान्न तथा राहत सामाग्री बितरण गरिसकेको र थप बितरण कार्य जारी रहेको कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari