stcnepal long ad
global ime bank long

स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व हो : प्रधानमन्त्री देउवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।

उहाँले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले स्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

 

 

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहासशिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कारलगायतबाट पुरस्कृत हुनुभएका प्रतिभाहरुलाई सरकारको तर्फबाट र व्यक्तिगत रुपमा उहाँले हार्दिक बधाई दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधामा योगदान पुरायाएका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ ।

 

संस्कृति मन्त्रालयबाट ४३ जना स्रष्टा पुरस्कृत

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टालाई नगद पुरस्कार सहित सम्मान गर्नुभयो।

कार्यक्रममा प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य विधा देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताउनुहुँदै स्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभयो। उहाँले सम्मानबाट स्रष्टामा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मन्त्री श्रेष्ठले भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। भाषा, साहित्य, संस्कृतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्र मार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मुर्धन्य स्रष्टाहरुको मन्त्रालयले सम्मान गरेको श्रेष्ठले बताउनुभयो। मुलुकको प्रतिष्ठा उच्च बनाउन स्रष्टाबाट थप योगदान हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो।

राष्ट्रिय प्रतिभा पुरस्कार अन्तर्गत साहित्य, संगीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो। राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरुमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुङ्गेल, हेम पौडेल हुनुहुन्छ।

प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरुमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशी लगायत हुनुहुन्छ। महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौतलाई सम्मानित गरिएको थियो।

IME Lifesidebar
kumari