stcnepal long ad
ime life insurance
global ime bank long

दश एसएसपीको डीआईजी बढुवामा सिफारिस

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी)हरुको डिआईजीमा बढुवा सिफारिस भएको छ। गृह  सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गरेको बढुवा समितिले २८ चैत शुक्रवार साँझ नेपाल प्रहरीमा रिक्त १० डिआईजी पदमा बढुवा सिफारीस गरेको हो ।

डिआईजीमा बढुवा हुनेमा एसएपीहरु घनश्याम अर्याल,प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की, बसन्त पन्त, सहकुल थापा, धिरज प्रताप सिंह,बसन्त लामा, उत्तम सुबेदी,रबिन्द्र धानुक र अरुण विसी रहेका छन् । नेपाल प्रहरीमा दरबन्दी समायोजन गर्न पछिल्लो मन्त्रीपरिषदको बैठकले २६ डिआईजीको दरबन्दी घटाएर १३ बनाएको थियो । त्यसपछि डिआईजी बढुवा प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको छ । सिफारिस गरिएको १० डिआईजी १५ दिन सम्म पुनरावलोकन समितिमा उजुरी नपरेमा दर्ञानी चिन्ह लगाउने छन ।

prabhu mahalaxmi
kumari