stcnepal long ad
global ime bank long

महोत्तरी रत्न तथा आभुषण संघका अध्यक्षद्धारा १० थान पीपीई प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडाैं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रिय कार्यसमिति सदस्य एवं महोत्तरी रत्न तथा आभुषण संघका अध्यक्ष सुधीर अग्रवालले स्थानीय वर्दिवास अस्पतालका मेडिकल सुपेरिडेण्ड डा. विधान चन्द्र झालाई १० थान पीपीई प्रदान गर्नुभयो । सो अवसरमा वर्दीवास नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुरेन्द्र चौधरी पनि उपस्थित हुनुहुन्थ्यो ।

महासंघका सदस्य संघहरुले मुलुकका विभिन्न स्थानहरुमा स्वास्थ्य सामग्रीका साथै विपन्न वर्गका लागि खाद्यान्न वितरण गर्ने कार्य चालू राखेका छन् ।
काठमाडौं उपत्यका लगायत हाल सम्म धनगढी, नेपालगंज, पोखरा, जनकपुर, धरान, विराटनगर आदि स्थानहरुमा स्वास्थ्य सामग्री वितरणका साथै मानवीय सेवा कार्यहरु संचालन भईरहेका छन् । यो कार्यलाई मुलुकभर विस्तार गर्ने गरी महासंघ र आवद्ध संघहरु क्रियाशिल रहेका छन् ।

IME Lifesidebar
kumari